असार ३१, काठमाण्डौ । चालू आर्थिक बर्ष २०७५÷७६ मंगलबारदेखि सकिएको छ । बुधबारदेखि नयाँ आर्थिक बर्ष २०७६÷७७ सुरु हुदैंछ । सरकारले यो बर्ष सरकारले १३ खर्ब १५ अर्ब १४ करोड बजेट छुट्याएको थियो । दुई तिहाईको बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएपनि लक्ष्यअनुरुप राजश्वको लक्ष्यभने भेटाउन सकेन ।
आर्थिक बर्ष २०७५÷७६ का लागि विनियोजित कुल बजेटमध्ये असार ३१ गतेसम्ममा ८० प्रतिशतमाथि बजेट खर्च भएको छ । राजश्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड उठाउने लक्ष्य राखेकोमा ६ खर्ब ९५ अर्ब ४७ करोड अर्ब राजश्वमात्र उठेको छ । सरकारले राखेको लक्ष्यमध्ये ८३. ६६ प्रतिशतमात्रै राजश्वको लक्ष्य पूरा भएको हो । बाढी पहिरोका कारण एक हप्तादेखि भन्सार नाकाबाट सामान आयात नहुदा त्यस्को प्रभाव राजश्वमा देखिएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तमकुमार खत्री बताउँछन् ।
मध्यवाधि समिक्षामार्फत चालू बर्षमा ९२ प्रतिशत बजेट खर्च हुने संशोधित सरकारी अनुमान थियो । तर, कुल बजेट १३ खर्ब १५ अर्ब १४ करोडमध्ये ८२ प्रतिशत मात्र खर्च हुन पुगेको छ । विज्ञअरुले खर्चगर्ने संरचनागत शैलीमा दुई तिहाईको बलियो सरकारले परिवर्तन गर्न नसकेको भनेर आलोचना खेपिरहेको बेला अर्थमन्त्रालयले भने बजेट लक्ष्यको नजिक पुगेको दाबी गरेको छ ।
चालूतर्फ विनियोजित बजेटमध्ये आईतबारसम्म ८२.शून्य ६ प्रतिशत खर्च भएको छ । सरकारले यो बर्ष चालूखर्चतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड बजेट विनियोजन गरेको थियो । यसैगरी पूजीगततर्फजम्मा ६३.५० प्रतिशत खर्च भएको छ । सरकारले पूजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड विनियोजन गरेको थियो ।
पूजीगत खर्च कम हुनुमा संघिय सरकारको तीनै तहमा आयोजना बाडफाड, कर्मचारी समयोजनमा प्रक्रियामा ढिलाई तथा संघियता संरचना पूर्वाधारका कानुन तयार गर्र्नमै बढी व्यवस्त भएकाले खर्च नहुनु प्रमुख कारण रहेका मन्त्रालयका प्रवक्ता खत्री बताउँछन् ।
बजेटमा पूर्वाधार विकास, यातायात, रेल लगायतका ठूला आयोजनाहरुलाई महत्व दिइएको भएपनि त्यस्ता आयोजनाको भौतिक तथा वित्तिय प्रगती पनि ५० प्रतिशतमाथि छैन । छुट्याएको आधा बजेट खर्च गर्न नसक्दा विकास निर्माणका कामले खासै गति लिन सकेनन् । सरकारले आर्थिक बर्ष २०७६÷७७ का लागि १५ खर्बमाथि बजेट छुट्याएको छ । साउँन १ गतेदेखि नयाँ बजेट कार्यान्वयनमा आउने छ ।