साउन १, काठमाण्डौ । विगतका वर्ष झै यस वर्ष पनि सरकार असारे विकासको बाढीबाट जोगिन सकेन । अझै यस वर्ष त झन् असारे विकासको रोगले सरकारलाई थलानै पा¥यो । गएको आर्थिक वर्षमा बजेटको १० खर्ब ८२ अर्ब ८५ करोड रुपैयाँ कुल खर्च भएको थियो । खर्च भएको बजेटको करिब २४ प्रतिशत २ खर्ब ५६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ असार महिनामै सकियो ।
गएको आर्थिक वर्षमा सरकारले बजेटको १० खर्ब ८२ अर्ब ८५ करोड रुपैयाँ कुल खर्च गरेको छ । खर्च भएको बजेटको करिब २४ प्रतिशत २ खर्ब ५६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ असार महिनामै सकियो ।
यसमा पनि विकासको नाममा मात्रै ५८ अर्ब ४ करोड ७६ लाख रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा विकासका लागि कुल ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको सरकारले गएको जेठ मसान्तसम्म जम्मा १ खर्ब ५१ अर्ब ४६ करोड रुपैयाँ मात्र खर्च गरेको थियो ।
यसलाई प्रतिशतका आधारमा हेर्दा गत जेठ मसान्तसम्मको ११ महिनामा जम्मा ४८.२३ प्रतिशत मात्र रहेको पूँजिगत खर्च असार ३१ सम्म आइपुग्दा बढेर ६५ प्रतिशत भन्दा बढी भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्षको अन्तिम समयमा आएर असारे भेलमा खर्च बगाउँदा पनि गत आर्थिक वर्षमा विनियोजन भएको कुल पूँजिगत खर्च भेट्न अझै करिब १ खर्ब खर्च हुन सकेको छैन् ।
हरेक वर्ष असारे विकासको भेलमा पैसा बगाउने सरकारले यस वर्ष पनि आफ्नो आचरणमा कुनै सुधार ल्याएन बरु उल्टै असारे विकासको लहरलाई झाङगिन सहयोग ग¥यो । तर असारे विकासको रोगले हरेक वर्ष थला पर्ने सरकारका अधिकारीहरु अबको आर्थिक वर्षमा सुधार ल्याउछौँ भन्ने ओठे जवाफ दिन भने पछि पर्दैनन् ।
सरकारले ‘असारे विकास’का लागि एक महिनामै दैनिक करिब ४ अर्बका दरले पूँजिगत खर्च गरेको छ । दुई तिहाईको बलियो सरकार अनि अर्थ विज्ञ अर्थ मन्त्री हुँदा समेत असारे विकासको भेल झन् बढ्दै जानु र अपेक्षित रुपमा बजेट खर्च पनि नहुनुले नागरिकमा सरकार प्रतिको नैराश्यतालाई थप बढाएको छ ।