Logo

आइफा अवार्ड, कथाले लियो नयाँ मोड



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका अघोषित सल्लाहकार जस्तै छन् ।

आईफा अवार्ड नेपालमा गर्ने भनेर एक अर्ब बजेट छुट्याउन लगाउने रणनीति बैद्यकै हो । भारतीय मोडल रितु सिंह बैद्यकी श्रीमती हुन् । रितु सिंहको पहलमा आईफा अवार्ड आयोजना गर्न प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने काम बैद्यले नै गरेका थिए ।

आईफा अवार्ड तत्काललाई नहुने भएपनि ओलीले अझैपनि आईफा अवार्ड नेपालमा गराउने बताउँदै आएका छन् ।

बैद्यको सल्लाह मान्दा प्रधानमन्त्री ओली एकपछि अर्को विवादमा पर्दै गएका छन् । बैद्यकै सल्लाहमा नेपाल वायु सेवा निगमका लागि चिनियाँ जहाज ल्याइयो । तर, ती जहाज उडाउनै नसक्ने अवस्थामा छन् ।

ती जहाज यति खर्चिला रहेछन् कि निगमलाई सेतो हात्ती सावित भएका छन् । बैद्य प्रधानमन्त्री ओलीका सल्लाहकारकै हैसियतमा बालुवाटारमा हैकम जमाएर बसेका छन् ।

आङछिरिङ शेर्पाको मृत्युपछि व्यापारी बैद्य प्रधानमन्त्री ओलीमाथि हावी भएका छन् । यूनाइटेड पोस्ट साप्ताहिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्