अमेरिकी विमान कम्पनि बोइङलाई चार महिनामा पाँच अर्ब नेपाली रुपैयाँ बराबरको नोक्शानी परेको छ । बोइङको उत्पादन ७३७ मेक्स सँसारभर ग्राउन्डेड भएपछि बोइङलाई चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा ४ अर्ब ९० लाख डलर नोक्शान भएको हो ।
बोइङ कम्पनिले कर भुक्तानीपछि यति ठूलो रकम नोक्शान भएको बताएको छ । उसले विज्ञप्तिमार्फत् विस्तारै पुनरागमन गर्ने जनाएको छ । विश्वकै ठूलो विमान निर्माता कम्पनिले पहिलोपटक यति ठूलो नोक्शानी भोगेको हो । इतिहासकै संकटमा परेको बोइङले खतरनाक दुर्घटनाहरुपछि कानुनी चुनौती समेत झेलिरहेको छ ।
बोइङले उत्पादन गरेको विमानले आगामी नोभेम्बरसम्म उडान रद्द गरेपछि थप नोक्शान हुने अनुमान गरिएको छ ।
दुईवटा ७३७ मेक्क विमान दुर्घटनामा परेपछि सँसारभर यसलाई उडाइएको छैन । पाँच महिनाबीच इथियोपिया र इन्डोनेशियामा ७३७ मेक्स दुर्घटना हुँदा तीन सय ४६ यात्रुको मृत्यु भएको थियो ।
जेट विमान दुर्घटनापछि यसको साख पनि घटेको छ । सँसारभर बोइङका विमान खरिदमा खरिदकर्ताहरु अगाडि बढ्न हिच्किचाइरहेका छन् ।
बोइङको विमान उत्पादन संख्या पनि घटेको छ । सन् २०२० मा बोइङ ७३७ जेट ५७ वटा बनाउने योजनामा समेत धक्का पुगेको छ । Photo: geotv