भक्तपुर, ४ साउन । श्रावणमा भक्तपुर सूर्यविनायकको पुछार डाँडोमा अवस्थित आशापुरेश्वर दर्शन गर्न जानेहरुको संख्या बढ्ने गर्छ । यसपटक साउनको झरीका बाबजुद भक्तजनहरु आउने जाने क्रम जारी छ ।
डोलेश्वर महादेवको दर्शन गरेर प्रायः भक्तजन आशापुरी पुग्दछन् । कठिन पहाडको सडकमार्ग हुँदै मानिसहरु आशापुरी पुग्दछन् ।
खोला किनारमा अवस्थित आशापुरी शान्त र सुन्दर देखिन्छ । आशापुरेश्वरको महिमा विशेष भएकाले त्यहाँ वृद्धवृद्धाहरु पनि पुग्दछ् । विेशषगरी काठमाडौं उपत्यकाबाट मानिसहरु दर्शनका लागि पुग्ने गर्छन् ।