Logo

‘ओलीले आफ्नै पार्टीभित्रका मान्छेलाई किनबेच गरेर महाकाली सन्धी गरेका थिए’



काठमाडौं । नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले आजकल देखिएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नै वास्तविक चरित्रका भएको बताएका छन् ।

मैनालीले हिजो राष्ट्रवादी भनेर भ्रम छर्ने ओलीको वास्तविक चरित्र आज झल्किएको दावी गरे । उनले ओलीसंग झापा आन्दोलन संगगंगै गरेको स्मरण गर्दै भनेका छन्, ‘यात्रा लामो हो तर जनतालाई विश्वस्त पार्न सकिएको आज हो ।’ उनले ओलीको राष्ट्रघाती चरित्र सम्झदै भने, ‘ओली तिनै हुन् जसले आफ्नै पार्टीभित्रका मान्छेलाई किनबेच गरेर महाकाली सन्धी गरेका थिए ।’

ओलीले नाकाबन्दीको समयलाई फाइदा उठाउँदै राष्ट्रवादी बनेको ढोंग रचेको आरोपसमेत लगाए । उनले चीनसंग सन् २०१५ मा गरेको सम्झौता पालना नगरेको र बीआरआईसंग गरेको सम्झौता पनि पालना नगरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्