काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ जिल्ला इन्चार्ज र स- इन्चार्ज तथा ६ वटा महानगर कमिटिको इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेकपा सचिवालयले इन्चार्ज र सहइन्चार्जबारे निर्णय गरेको सचिवालय सदस्य वामदेव गौतमले जानकारी दिए ।
आइतबारको सचिवालय बैठकले पार्टीका विभागबारे पनि निर्णय गर्ने बताइए पनि नेताहरुबीच कुरा नमिलेपछि त्यो विषयमा निर्णय हुन बाँकी रहेको छ । मंगलबार बस्ने सचिवालय बैठकले विभागबारे निर्णय गर्ने प्रवक्ता गौतमले जानकारी दिए ।
कसले पाए जिम्मेवारी, हेर्नुस् सूची :