काठमाडौं । दुई वटा फिल्मको छायांकन पूरा गरेर यतिबेला अभिनेत्री साम्राज्ञी आरएल शाह विदेश भ्रमणमा छिन् । ‘रातो टिका निधारमा’ र ‘मारुनी’ फिल्मको छायांकन पूरा गर्दै उनी इन्डोनेसियामा मस्ती गरिरहेकी छन् । त्यही क्रममा उनी विवादसँगै चर्चामा आएकी हुन् । केहीदिन अघि इन्डोनेसियाको जिम्ब्राविचमा विकिनी तस्बिर सार्वजनिक गरेकी थिइन् ।
तीन तस्बिरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तस्बिरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए ।त्यसको केही समयपछि प्रेमीसँगै मस्ती गरिरहेको तस्बिरहरु पनि सार्वजनिक भए ।
जसले गर्दा उनलाई विवादमा तान्यो । उनको प्रेम सम्बन्धको प्रशंगले पनि समय(समयमा राम्रै तताएको गरेको छ । मयंक खड्कासँग ब्रेकअप भएपछि उनी केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवाङ्कससँगै उनी यतिबेला विदेशमा मस्ती गरिरहेकी हुन् ।