काठमाडौं ६ साउन । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ ।
भंगहा नगरपालिकाकी एक आमाले आफैंले जन्म दिएको १२ वर्षीय छोरी बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएको हो ।
रोजगारीको प्रलोभन देखाइ आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौनसम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन् ।
दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा दिल्ली पु¥याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाको आरोप छ । – नागरिक दैनिकबाट