Logo

भारी वर्षा हुने, सचेत रहन मौसमविद्को सुझाब



साउन ६, काठमाण्डौ । मनसुन सक्रिय हुँदा गत हप्ता ठुला बर्षा भएको थियो पर्दै–रोकिँदै गरेको मनसुनी वर्षा फेरि सक्रिय हुने देखिएको छ । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो ।

त्यसपछि मत्थर हुँदै गएको वर्षा अबको तिन दिन फेरि सक्रिय हुने बाटोमा अग्रसर भएको छ । मौसम सक्रिय भएसँगै पुनः बाढी पहिरोको खतरा रहेको भन्दै मौसमविदहरुले सतर्क हुन सल्लाह दिएका छन् ।

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको छ । जसका कारण जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुने भएको छ ।

फलस्वरुप आगामी तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने अनुमान मौसमविद्हरुले गरेका छन् । न्यून चापीय रेखा नेपालतर्फ सरेको हुँदा नेपालमा मनसुनी गतिविधि सक्रिय भएको मौसमविद्हरु बताउँछन् । न्यून चापीय प्रणाली तिन चार दिनसम्म रहन सक्ने र ति दिनमा भारी वर्षा हुने मौसमविद वरुण पौडेलको तर्क छ ।

शनिबारदेखि देशभर सामान्य बर्षा भईरहेको छ तर मंगलबार बिहानबाट मनसुन सक्रिय भई मंगलबार र बुधबार देशका विभिन्न भुभागमा भारी बर्षा हुने छ भने विशेष गरी पूर्व र मध्यको तराई क्षेत्रमा र पहाडी क्षेत्रमा मनसुन सक्रिय हुने पौडेलले बताए ।

पौडेलले पहाडी भुभागमा बाढीपहिरो जान सक्ने र तराईका क्षेत्रमा बाढि र डुबान हुन सक्ने हुँदा सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् ।

३ दिने मौसम पूर्वानुमान अनुसार साउन ५ गते आइतवार राति देशको पुर्वी भु भागमा सामान्यदेखि पुर्ण बदली हुनुका साथै मध्य र पश्चिमी भु भागमा आंशिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ ।

यस्तै साउन ६ गते सोमबार दिउँसो देशको पुर्वी र मध्य भु भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ ।

त्यसै गरी साउन ७ गते मंगलबार बिहान देशको पुर्वी र मध्य पुर्ण बदली साथै पश्चिमी भु भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्