Logo

गृहमन्त्रीद्वारा विपद्‌बारे सदनलाई जानकारी, १ सय ८ को मृत्यु, ३३ बेपत्ता



काठमाडौं ९ साउन । सरकारले यस वर्षको बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपबाट मुलुकभर १ सय ८ जनाको मृत्यु भएको सदनलाई जानकारी गराएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले गुल्मी, रौतहट सिरहा, ललितपुर लगायत ३५ जिल्ला बढी प्रभावित भएको जनाउँदै अहिलेसम्म १ सय ८ जनाको मृत्यु, ३३ बेपत्ता र ४६ घाइते भएका विवरण सार्वजनिक गरेका हुन् । विपद्को क्षति न्यूनिकरणका लागि सरकार गम्भीर भएर काम गरिरहेको भन्दै उनले हजारौं संख्यामा घर, आवासमा क्षति पुगेको बताए ।

उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिसहित सम्पूर्ण सुरक्षा निकाय, रेडक्रस, विभिन्न संघसंस्था लागिरहेको उल्लेख गरे ।उनका अनुसार ४१ हजार भन्दा बढी सुरक्षाकर्मी उद्धारमा परिचालित छन् । अहिलेसम्म ३ हजार ३ सय ६८ जनाको उद्धार गरिसकिएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको गृहमन्त्रीको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्