काठमाडौँ, साउन ९ । सीमावर्ती क्षेत्र भारत विहारको मधुवनीमा ‘असामान्य’ लाग्ने एउटा ढुंगा आकाशबाट खसेको स्थानीयबासीले बताएका छन् । त्यस क्षेत्रमा आकाशबाट करिब १० किलोको ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको छ।
मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन् । सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन् । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
संभावित उल्का पिण्ड का अवलोकन करते हुए मुख्यमंत्री श्री नीतीश कुमार
संभावित उल्का पिण्ड दिनाँक 22/07/2019 को मधुबनी के लौकही अंचल के महादेवा में मिला था pic.twitter.com/Xwpi2YvuTK— IPRD Bihar (@IPRD_Bihar) July 24, 2019
हिन्दूस्तान दैनिकका स्थानीय संवाददाता रोशन कुमारले सोमबार नेपाली समयअनुसार मध्यान्ह १२ बजेर १५ मिनेटमा ढुंगा खसेको बताए । ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो ।
खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए । धुवाँ बन्द भएपछि श्रवण यादव नाउँका एक मजदूरले आकाशबाट खसेको वस्तु ढुंगा भएको थाहा पाए ।
मेरा गृह ज़िला मधुबनी अलौकिकता से भरा है। एक उदाहरण मैं हूँ और दूसरा ये पत्थर जो आसमान से गिरा है। इस पर चुंबक भी चिपक रहा है। प्रशासन ने इसे कोषागार में रखा है। फ़ोरेंसिक जाँच को भेजा जाएगा।
इस पर विज्ञान से लेकर भक्ति तक के आधे आधे घंटे का प्रोग्राम बन सकता है। संपर्क करें। ? pic.twitter.com/sVTsudpVtX
— Umashankar Singh उमाशंकर सिंह (@umashankarsingh) July 23, 2019
अहिले सो ढुंगालाई प्रहरीले राखेको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए ।
जीवनमा यस्तो ढुंगा आफूले कहिले नदेखेको महराज महेश ठाकुर कलेज दरभंगाका प्राध्यापक चन्द्रमोहन झा पडवाले बताए । ढुंगा खसेको जानकारी पाउनसाथ आफू ढुंगा रहेको क्षेत्रमा गएको उनले बताए ।
यो ढुंगालाई अनुसन्धानका लागि दिल्ली प्रयोगशालामा पठाउन उनले अधिकारीहरुसँग माग गरे ।बीआरए विश्वविद्यालय भौतिक विभागका विभागाध्यक्ष डा। विजय कुमारले म्याग्नेटिक प्रपर्टी हुनसक्ने बताए ।