Logo

ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिग : सन्दीपको टिम पहिलो खेलमै पराजित



क्यानाडा, १० साउन । क्यानाडामा सुरु भएको ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम टोरन्टो नेसनल्स पहिलो खेलमै पराजित भएको छ ।

गएराति भएको उद्घाटन खेलमा टोरन्टोलाई साविक विजेता भ्यानकुभर नाइट्सले ८ विकेटले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनायो । युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोका लागि क्लासिन र रोद्रिगो थोमसले समान ४१–४१ रन बनाए ।

जवाफमा १६० रनको लक्ष्य भ्यानकुभरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि भान देर डुसेनले ६५ रन तथा चाडविक वाल्टोनले ५९ रनको योगदान गरे ।

यो खेलमा टोरन्टोका लागि नेपाली बलर सन्दिपले खेलेका थिएनन् । उनी सिंगापुरमा जारी विश्वकप टी–ट्वेन्टी एसियाली छनोट चरणको खेलमा नेपालका लागि खेलिरहेका कारण टोरन्टोमा तत्काल आवद्ध हुन नसकेका हुन् । सिंगापुरमा भइरहेको प्रतियोगिता सकेर उनी क्यानाडा जाने छन् ।



प्रतिक्रिया दिनुहोस्