पाकिस्तानका यी पत्रकार बाढीमा पसेर रिपोर्टिङ गरिरहेका छन् । पाकिस्तानको जी-टीभी न्युजका संवाददाता रहेका यीनले पाकिस्तानको सिन्ध प्रान्तमा पुगेर सिन्ध नदीको पानीको बहाव खतराको तह पार गरेको रिर्पोटिङ गरेका हुन् ।
पानीमा रहेका उनको टाउकोमात्र देखिन्छ । पानीभित्रै बुम लिएर अवस्था बनाउँछन् । सिन्ध नदीको बाढीमा टाउको डुबाएका उनले खेतहरु डुबेको र डुबानको अवस्था बताउँछन् ।
अजादर हुसेनको रिपोर्टिङको शैलीले अहिले चर्चा पाएको छ । उनले खतरा मोलेर त्यस्तो शैली अपनाउन हुन्नथियो भन्नेहरु उत्तिकै छन् । जे होस् उनी अहिले चर्चामा पुगेका छन् । Photo-G-TV