Logo

सडक विस्तारका लागि दुई वर्षे ठेक्का, ६ वर्षसम्म पनि सकिएन काम



काठमाडौं १३ साउन । दुई वर्षभित्र सकिनुपर्ने भक्तपुरदेखि नगरकोट पुग्ने सडक विस्तार योजना ६ वर्ष भइसक्दा पनि नसकिएपछि स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।

संघीय संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का नेतृत्वको टोलीले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडकको आइतबार गरेको स्थलगत अवलोकनपछि आयोजित अन्तरक्रियामा स्थानीयले ठेकेदारमाथि कारवाहीको माग गरे ।

स्थानीयबाट गठित सडक निर्माण दबाब समूहका अध्यक्ष राजकुमार लामिछानेले दुई वर्षको ठेक्का ६ वर्षमा पनि नसकेको भन्दै ठेकेदारमाथि कारवाहीको माग गरेका हुन् ।

भक्तपुरको कमलविनायक भत्केको पाटीबाट नगरकोट पुग्ने १६ किलोमिटर सडक विस्तार ६० प्रतिशत सकिएको दावी गरे पनि अहिलेसम्म तीन किलोमिटरमात्र कालोपत्रे गरिएको छ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्