Logo

दुर्घटनामा ज्यान गुमाउनुअघि समिक्षा हाँस्दै गाउँदै यसरी मनाउँदैथिइन् बिदा (भिडियोसहित)



काठमाडौं । समिक्षा सुवेदी असाध्यै रमाइलो गर्नुपर्ने खालको थिइन् । नर्सिङ्गको अध्ययन सकेर अष्ट्रेलिया पुगेकी उनी विरानो देशलाई आफ्नै ठानेर हाँसीखुशी बिताउँदै थिइन् ।

जोसँग पनि मिल्न सक्ने र जहाँ पनि भिज्न सक्ने स्वभावकी थिइन् । अष्ट्रेलियामा रहेर पनि साथीसँगीलाई सम्झेर मेसेज गर्थिन् । साथीसँगीको जन्मदिनमा शुभकामना पठाउँथिन् । विवाह तथा अन्य शुभकार्यमा आउन नसक्दा अवसर गुमाएको लेख्थिन् ।

बिदाको समयमा उनी हिउँ पर्ने पहाडमा जाँदै थिइन् । चारजना साथीहरु साथैमा थिए । सिड्नीबाट क्यानबेरा पुग्दा कारको अगाडि बसेर खुबै रमाइलो गरेकी थिइन् । अन्तक्षरी खेल्ने देखि रमाइलो गफगाफ गर्दै थिइन् । रातको बखत उनले गीत गाइन्ः
मुटु माग्यौं तिमीले मैंले बाँच्नुपर्छ
मैं मरे तिमीलाई कस्ले माया गर्छ ?

मर्नुनै रहेछ त समिक्षा सुवेदीले जीवनको अन्तिम क्षण हाँस्दै रमाउँदै र गाउँदै यो गीत गाइन् । अष्ट्रेलियाको मोनारो राजमार्गमा दुर्घटनामा परी ज्यान गुमाएकी समिक्षा सुवेदीले कारको अगाडि सिटमा बसेर लाइभ भिडियो यो गीत गाएको देखिन्छ ।

दुई नेपालीमध्ये समिक्षा सुवेदी कारको अगडिको सिटमा खुबै रमाउँदै गाइरहेको देखिन्छिन् । उनीसहित पाँचजना १२ साउनको विहान तीन बजे यात्राका क्रममा तिव्र गतिमा रहेको कारभित्र बसेर भिडियो समेत खिचेका छन् । फेसबुकमा उनीहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।
रमाउँदै साथीहरुसँग सेल्फी भिडियो खिचेको दृश्यमा उनीसँगै रहेका चारजना केटा साथीहरु पनि देखिन्छन् । सामाजिक सञ्जालमा पोष्ट गरिएको १० मिनेट लामो प्रत्यक्ष भिडियोमा समिक्षा निकै रमाएकी देखिन्छिन् । त्यसको त्यसको भोलिपल्टै स्थानीय समय अनुसार ३ बजेर ४० मिनेटमा सडकमा आएको जनावरलाई बचाउने क्रममा कार खसेर दर्जनौं पटक गुल्टिएर १६० मिटर टाढा रोक्कियो ।

भिडियोमा सिट बेल्ट बाँधेको देखिएपनि समिक्षा कसरी कारबाट खसिन् भन्ने प्रश्न उब्जिएको छ । दुखान्त घटनामा परी समिक्षाले ज्यान गुमाइन् । गोपाल भण्डारीको पनि ज्यान गयो ।

अष्ट्रेलियास्थित नेपाली राजदूतावासले दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा २२ वर्षीया समिक्षा सुवेदी र गोपाल भण्डारी रहेको पुष्टि गरेको छ । दुवैजना सिड्नीको क्विन्सफोर्ड कलेजमा अध्ययनत थिए । गोपाल भण्डारी परिवारका एकमात्र छोरा हुन् । घाइतेहरुमध्ये कार चालक सागर भट्टराई र संगित देवकोटाको टाउकोमा चोट लागि क्यानबेरा अस्पतालमा उपचार भइरहेको नेपाली दुतावासले जनाएको छ । अश्विन कँडेल सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।

कारमा बस्ने अधिकांशले सिट बेल्ट नबाँधेको त्यहाँको प्रहरीलाई उदृत गर्दै अष्ट्रेलियाबाट प्रकाशित हुने क्यानबेरा टाइम्सले जनाएको छ । सिट बेल्ट बाँधेको भए बाँच्ने सम्भावना बढी हुन्थ्यो । बेल्ट नबाध्दा कारबाट उछिट्टिएको उल्लेख छ ।
अष्ट्रेलियास्थित नेपाली राजदूतावासले मृतकको शव जतिसक्दो छिटो नेपाल पठाइने जनाएको छ । Photo: Facebook Live Stream by Samikxa Subedi

https://www.facebook.com/samixa.subedi/videos/1315114031985054/



प्रतिक्रिया दिनुहोस्