Logo

२५०० विघा जग्गा ‘माओवादी’ कब्जामै



काठमाडौं १६ साउन । तत्कालिन माओवादी विद्रोहीको अगुवाइमा दाङमा कब्जा लिएको २५ सय विघा जग्गा अझै फिर्ता भएको छैन । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ विघा जग्गा कब्जा रहेको बताए ।

उनका अनुसार संस्थागत रुपमा कब्जा भएका जग्गाको आम्दानी जग्गाधनीले २०५८ सालदेखि नै पाएका छैनन् । द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न ब्यक्तिको १९ सय विघा जग्गा कब्जा गरेको थियो । माओवादी शान्ति प्रक्रियामा आएसँगै व्यक्तिको जग्गा फिर्ता गरेको छ । तर विश्वविद्यालय र आश्रमको जग्ग्गा भने नगरेको तत्कालीन माओवादीका जिल्ला नेताले बताए । अन्नपुर्णपोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्