Logo

प्रहरी कार्यालयको गेटमै पति–पत्नी झगडा



विराटनगरः प्रहरी कार्यालयको गेटमै पति–पत्नीबीच तानातान हुँदा छोरी घाइते भएकी छन् । पारिवारिक विवाद नमिल्दा किसन कामत र पत्नी सुशीला मण्डल कामतबीचको तानातानमा ६ वर्षीया छोरी नन्दनी घाइते भएकी हुन् ।

सम्बन्ध बिच्छेदका विषयमा छलफलपछि सँगै बस्न नसक्ने निष्कर्षसहित बाहिर निस्केका उनीहरुले छोरी आफूले राख्ने भन्ने विषयमा हात तानातान गरेका थिए ।

छलफलका क्रममा यातना सहेर बस्न नसक्ने बताएपछि प्रहरीले कानुनी उपचारका लागि दुवैलाई अदालत जान सल्लाह दिएर पठाएको आजको अन्नपूर्णमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्