अमेरिका सँसारको सबैभन्दा बढी कुल ग्राहन्थ उत्पादन जीडीपी भएको देशमा यथास्थानमा रहेको छ । विश्व बैंकले हालै प्रकाशित गरेको विश्वभरको सन् २०१८ को जीडीपी स्तरमा अमेरिका पहिलो स्थानमा कायमै रहन सफल भएको हो ।
अमेरिकाको जीडीपी २०५ खर्ब डलर रहको छ । अमेरिकापछि चीन दोस्रो स्थानमा छ । उसको जीडीपी १३६ खर्ब डलर रहेको छ । तेस्रो स्थानमा रहेको जापानको ५० खर्ब डलर जीडिपी छ ।
एशियाली देशहरु चीन, जापान र भारतको जीडीपी जोड्दा मात्र अमेरिकाको भन्दा बढी हुनआउँछ । एशियाको तिव्र आर्थिक विकासले अमेरिकालाई चुनौती दिइरहको छ ।
चौंथो स्थानमा जर्मनी छ । बेलायत र फ्रान्स पाचौं र छैठौं स्थानमा छन् । दुवैको जीडीपी २८ खर्ब डलर छ । २७ खर्ब डलर जिडीपी भएको भारत सातौं स्थानमा छ । जीडीपी बढेपनि भारत एक स्थान तल झरेको हो ।
भारत सँसारको तिव्र गतिमा बढिरहेको अर्थतन्त्र भएको मुलुकमा कायमै छ । सन् २०१९ मा भारतले बेलायतलाई छिन्दै पाँचौ ठूलो अर्थतन्त्र भएको मुलुकको स्थान लिने प्रक्षेपण गरिएको छ । सन् २०२५ मा जापानलाई उछिन्दै तेस्रो स्थान बनाउन सक्ने अनुमान छ । एजेन्सी