काठमाडौं, १७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव प्रसाद गुरुङले आफूहरु अहिलेको व्यवस्थालाई सही ढंगले सञ्चालन गर्दै व्यवस्था जोगाउनतर्फ लागेको बताएका छन् । कुमार पौडेलको घट्नाबारे राज्य व्यवस्था समितिले छानबिन गरिरहेको उनको भनाई छ ।
कांग्रेसले आफूलाई संसदीय व्यवस्थाको मसिहा भनेपनि आफैंले बनाएको नियामावली नमानेको पनि उनले आरोप लगाए । बिहीबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफूहरुले विधि र प्रणालीलाई आत्मसात गर्ने कोशिस गरिरहेको गुरुङको भनाई छ । कांग्रेसले संसद अवरुद्ध गरेर लोकतान्त्रिक व्यवस्था र प्रणालीलाई नै विथोल्ने प्रयास गरेको र त्यही दिशातर्फ अघि बढेको पनि उनको आरोप छ ।
उनले भने,”मतभेदहरु हुन्छन् । तर, कांग्रेसले विधि र प्रक्रिया फुकाउने कुरामा गलत अडान लिएको छ । यसले राम्रो गर्दैन् । त्यही नै संसदीय प्रणालीअनुरुप भएन् ।”