Logo

तातिँदै पृथ्वी : काठमाडौंको अवस्था के ?



काठमाडौं १८ साउन । जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै गएको छ । सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना सावित भएको छ ।

बैज्ञानिकहरुले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन् ।

तीब्र औद्योगिकीकरणका कारण सन् १८५० देखि १९०० को अवधि अत्याधिक तातेको थियो । त्यसयता १ डिग्री सेल्सियस तापक्रम बढिरहेको छ ।

काठमाडौंको १० बर्षको औसत तापक्रम जुलाईमा २२.५ डिग्री सेल्सियस छ । यहाँको तापक्रम तीब्र गतिमा बढ्दो छ ।

त्यसलाई रोक्न पर्याप्त मेहेनत पुगेका पनि सन् २१०० मा जनवरीमा ९.५ र जुलाईमा २३.४ डिग्री पुग्ने प्रक्षेपण गरिएको छ । अन्नपूर्णपोष्ट दैनिकबाट

Share



प्रतिक्रिया दिनुहोस्