काठमाडौं, १८ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता वामदेव गौतमले जीवराज आश्रित मदन भण्डारीको पनि नेता भएको दाबी गरेका छन् । आश्रितको ७५ जन्मजयन्तीका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता गौतमले यस्तो बताएका हुन् ।
उनले भने,‘पार्टीले जीवराज आश्रितलाई कुसल संगठकका रुपमा मात्र चित्रण गर्यो, उहाँ त मदन भण्डारीको पनि नेता हुनुहुन्थ्यो ।’ आफूहरुले मदन भण्डारीलाई जननेताका रुपमा चित्रण गरेको तर जीवराज आश्रितलाई कुसल संगठक भनेर मात्रै चित्रण गरेको सुनाए ।
उनले भने,‘यसमा मलाई चित्त बुझेको छैन । एउटा जननेता हुन अर्को संगठक मात्र ?,’ तस्विर : मुकुन्द कालिकोटे