Logo

११ बर्षे लामो सम्बन्धमा पूर्णबिराम, घरवार विगारेको आरोप



काठमाडौं । आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुंग्याएकी बलिउड नायिका दीया मिर्जाको डिभोर्सको खवर अहिले समाजिक सञ्जालमा हक केक बनेको छ ।

नायिका दीया र उनका पति साहिल संघाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि ११ वर्षे वैवाहिक जीवनमा पूर्णबिराम लगाएका छन ।

दीयाले ११ वर्षसम्म एकअर्कासँग जीवन बिताएको भन्दै परिवारप्रति धन्यवाद दिएकी छन । उनले आफुहरुबिच छुट्टिने निर्णय भएको र सँधै साथी बनेर रहने जानकारी गराउदै आएकी छन । उनले एकअर्कालाई उत्तिकै सम्मान र इज्ज दिने बताएकी छिन् ।

‘हाम्रो जीवनको बाटो अलग भएको छ । हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो’, नायिका दीयाले भनेकी छिन्, ‘यसका लागि हामी सदैव आभारी हुनेछौं ।’

उनले साथीभाई, परिवार र संचार माध्यमलाईसमेत साथ र सहयोगका लागि धन्यवाद दिएकी छिन् । दीयाले अब यस विषयमा कुरा गर्न नचाहेको बताएकी छिन् ।

दीया सन् २०१४ मा साहिल संघासँग विवाहवन्धनमा बाँधिएकी थिइन् । दीया अभिनेत्रीका अलावा मोडल तथा निर्मातसमेत हुन् । उनी सन् २००० को मिस एशिया प्यासेफिककी ताज विजेतासमेर हुन् ।



प्रतिक्रिया दिनुहोस्