Logo

महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा



काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा २०७६ श्रावण २० गते सोमबारदेखि बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिका वडा नम्बर २९, ठमेलमा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरेको पनि बैंकले जनाएको छ ।

हालसम्म उक्त बैंकका ९८ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरुमाझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्