सर्लाही । असार अन्तिम साता आएको बाढीले बगाएको हुलाकी सडकको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निरीक्षण गरेका छन्। बाढीले कौडेना गाउँपालिकाअन्तर्गत हुलाकी सडकखण्डमा ठूलो क्षति पु¥याएको थियो ।
मन्त्री महासेठले प्रभावित क्षेत्रको निरीक्षण गर्दै चाँडै यातायात सञ्चालन गर्न हुलाकी सडकको मर्मत गरिने बताए। बाढीपछि सदरमुकाम मलङ्गवादेखि पश्चिम क्षेत्रका चार गाउँपालिका र एक नगरपालिका यातायातसेवा वञ्चित रहँदै आएका छन् । स्थानीयवासी कष्टकर जीवन बिताउँदै छन् । मन्त्री महासेठले चाँडै सडक मर्मतसम्भार गरिने बताए । File Photo