काठमाडौं । झ्याप्प दार्ही र हसिलो मुहार । आधा झरिसकेको कपाल । पानीमा रुझ्दै नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाका भतिजा तथा केशव प्रसाद कोइरालाका छोरा निरञ्जन कोइरालाले फोटो सार्वजनिक गरेका छन् ।
नयाँ दिल्लीमा बस्दै आएका निरञ्जन राजनीतिबाट टाढा नै रहे । घुम्न रुचाउने उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । त्यसैले उनको पोष्ट र फोटो सार्वजनिक भइरहन्छ ।
यसपटक दिल्लीको झमझम वर्षामा भिज्दै बलिउड नायिकाले अभिनय गर्न सक्छिन् भने पुरुषले किन सक्दैन भन्ने आशयको पोष्ट गरेका छन् । निकै प्रतिक्षापछिको पानी परेको खुशी मनाएका छन् निरञ्जनले । उनले के
ही बलिउड स्टाइलमा रुझेको भन्दै लेखेका छन्, अभिनेत्रीले यस्तो गर्न सक्छिन् भने अभिनेताले किन सक्दैनन् ?
तस्वीरमा छाताले शरीको बीचको भाग छोपेपनि अरु भाग नग्न रहेको छ वीपीपुत्रको । दार्शनिक शैलीमा उनको पोष्ट बेला बेलामा हेर्न पाइन्छ ।
निरञ्जनले पहिलो पत्नीको निधनपछि दोस्रो विवाह गरेका थिए । तर, दोस्रो पत्नीको पनि विवाह गरेको केही वर्षमै निधन भएको थियो । उनी अहिले यसरी नै लोप्रोफाइल जीवनमा रमाइरहेका छन् ।
उनका भाई डा. शेखर कोइराला राजनीतिमा सक्रिय छन् । तर, निरञ्जनले राजनीतिबाट टाढा रहने निर्णय गरेर दिल्लीमै बस्दै आएका छन् । तस्वीरः सामाजिक सञ्जाल