काठमाडौं । पूर्व मिस नेपाल जेनिशा मोक्तानले छोरीको जन्मपछि फिटनेशमा ध्यान दिन थालेकी छिन् । व्यवसायी दिकेश मलहोत्रासँग विवाह गरेकी उनी आमा भएपछि बाहिरी दुनियाँमा कमै देखिइन् ।
फिटनेशमा ध्यान दिएकी उनी पछिल्लो समय नियमित जिम गर्न थालेकी छिन् । पति दिकेश मलहोत्रासँगै उनी जिम गर्छिन् ।
यसपटक दिकेशले उनलाई जिम हलमै काँधमा बोकेको फोटो बाहिर आएको छ । पति दिकेशको काँधमा बसेर जेनिशाले मसल समेत देखाएकी छिन् । उनी कुनै रेस्लरभन्दा कम देखिन्नन् ।
केही वर्षको प्रेमसम्बन्धपछि पूर्व मिस नेपाल जेनिशाले दिकेशसँग विवाह गरेकी हुन् । दुवैले बेला बेलामा सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरिरहन्छन् । तस्वीरः दिकेश मलहोत्राको फेसबुक