Logo

तालिवानको आत्मघाती हमलामा १४ को मृत्यु



एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोहीको आत्मघाती हमलाबाट १४ जनाको मृत्यु भएको छ । २२ साउनको विहान पश्चिमी काबुलको चेकजाँच स्टेशनमा भएको बम हमलामा परी उनीहरुको ज्यान गएको हो ।

अफगानिस्तानको राजधानीनै हल्लने गरी घटना भएको थियो । घटनामा एक सय २५ जना घाइते भएको त्यहाँको आन्तरिक सहायकमन्त्री जनरल कोसल सडाटलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिवानले घटनाको जिम्मेवारी लिइसकेको छ ।
२८ सेप्टेम्बरका लागि तय भएको राष्ट्रपति चुनाव बहिष्कार गरेको तालिवानले बम हमला गरेर प्रभावित पार्न खोजको बुििझएको छ । यसअघि २१ साउनमा पनि काबुलमा भएको बम हमलामा पाँच जनाको मृत्यु भएको थियो ।

अफगानिस्तानमा पछिल्लो समय बम हमलाका घटना बढेको छ । बम हमलाका कारण जुलाई महिनामा मात्र १५ सय जनाको ज्यान गइसकेको छ । Photo Source: vox



प्रतिक्रिया दिनुहोस्