एजेन्सी । भारतले काश्मिरलाई विशेष स्वायत्त राज्यको दर्जा हटाएपछि पाकिस्तानले कडा कदम चालेको छ । २२ साउनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी कुटनीतिक सम्बन्ध घटाउँदै व्यापार रोक्ने निर्णय गरेको छ ।
पाकिस्तान सरकारले ट्वीटमार्फत् निर्णय सार्वजनिक गर्दै काश्मिरको पक्षमा उभिने उल्लेख गरेको छ । पाँचवटा निर्णयमध्ये भारतसँगको कुटनीतिक सम्बन्ध घटाउने निर्णय गरेको हो । पाकिस्तानले आफ्ना राजदूत नयाँ दिल्लीबाट फिर्ता बोलाउने र पाकिस्तानका लागि भारतका उच्चायुक्तलाई पनि फिर्ता जान भन्ने उल्लेख छ ।
भारतसँगको द्विपक्षीय सम्बन्धको पुनरावालोकन गर्ने, काश्मिरमा भारतले लिएको निर्णयलाई संयुक्त राष्ट्रसंघ र त्यस अन्र्तगतको सुरक्षा परिषद्मा पुर्याउने र १४ अगष्टमा पाकिस्तानको स्वतन्त्रता दिवसमा काश्मिरीप्रति सद्भाव जनाउने कार्यक्रम गर्ने निर्णय गरेको उल्लेख छ ।
काश्मिरलाई भारतले प्रदान गर्दै आएको विशेष स्वायत्त राज्यको अधिकार हटाएपछि पाकिस्तानले कडा विरोध गरेको थियो । त्यसलगत्तै उसले नयाँ कदम चालेको हो । विकसित घटनाक्रमले दक्षिण एशियामा नयाँ चुनौती थपिने विश्लेषण भइरहेको छ । Photo Source: Government of Pakistan