Logo

खेलकुद मन्त्रालयका सचिवको विदाई, कार्यक्रममा जे देखियो



काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव रमेशकुमार सिलवालले विदाई गरेका थिए ।

त्यस्तै, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद्, युवा तथा साना स्वरोजगार कोषका प्रतिनिधि, कर्मचारीलगायतले सचिव देवकोटालाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए ।

२०३९ सालमा निजामति सेवामा प्रवेश गरेका देवकाटो साउन २३ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकास हुँदै छन् । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्