Logo

कुवेतमा दुई नेपालीको मृत्यु



काठमाडौं । सन् २०११ देखि कुवेतको  केजिएल कम्पनीमा कार्यरत २ जना नेपाली कामदारको दुर्घटनामा परि मृत्यु भएको छ। दाङका शेर बहादुर मल्ल र काभ्रेका गोकर्ण घिमिरेको बुधबार बिहान काम सकेर कोठामा फर्किने क्रममा सडक दुर्घटनामा मृत्यु भएको हो।

मल्लको फर्वानिया अस्पतालमा उपचारका क्रममा र घिमिरेको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। दुर्घटनामा घाइते भएका भिमबहादुर तामाङलाई सामान्य चोटपटक भन्दै अस्पतालले डिस्चार्ज गरि सकेको छ। मृतक दुवैजना  सबारी चालकका रुपमा ६ बर्षदेखि त्यहाँ कार्यरत रहदै आएका थिए । मृतको शव नेपाल पठाउन कुवेतस्थित नेपाली दुतावासले प्रक्रिया अगाडी बढाएको छ ।
फोटोः सुदुर खवर



प्रतिक्रिया दिनुहोस्