Logo

भाकपा मार्क्सवादीका महासचिव यचुरी विमानस्थलबाटै पक्राउ



काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव सीताराम येचुरीलाई शुक्रबार दिउँसो जम्मू–कश्मीरको श्रीनगर विमानस्थलबाट हिरासतमा लिइएको छ ।

यसभन्दा पहिले महासचिव येचुरीले जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र ट्वीट गरेका थिए । उनले पत्रमा आफू र भाकपा नेता डी. राजा आफ्ना पार्टीका अस्वस्थ विधायक युसुफ तरिगामीलाई भेट्न इन्डिगो एअरलाइन्समार्फत श्रीनगर आइरहेको जानकारी गराएका थिए ।

यचुरी नेपाल मामिलाका जानकार समेत हुन् । नेपालका कम्युनिष्ट नेताहरुसँग उनको धेरै निकट सम्बन्ध रहेको छ । उनी पटक पटक नेपाल भ्रमणमा आईरन्छन् ।



प्रतिक्रिया दिनुहोस्