काठमाडौं, १ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेताहरुको वरियतामा तलमाथि गरेको छ । आज साँझ बसेको सचिवालय बैठले नेताहरुको वरियता हेरफेर गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बरिष्ठ नेता माधव कुमार नेपालको वरियता घटुवा गरेर उनको ठाउँमा झलनाथ खनाललाई ल्याएको छ ।
तर, आफूलाई घटुवा गरेको भन्दै नेता नेपालले बैठकमै असन्तुष्टि पोखेका थिए । सूत्रहरुले दिएको जानकारी अनुसार नेता नेपालले आजको बैठकमा नोट अफ डिसेन्ट लेखेर वरियता हेरफेरबारे असन्तुष्टि पोखेका छन् । केही दिनअघि नेता खनालले आफूलाई पार्टीको वरियतामा तेस्रो स्थानमा राख्नुपर्ने अडान अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसामू राखेका थिए । सोहीअनुसार अध्यक्षद्धयले नेता खनालको असन्तुष्टि सम्बोधन गरेका हुन् ।