काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा छन् ।
यसैक्रममा हिरासतमा रहेका लामिछानेलाई कांग्रेस युबा नेता एवम् नेवि संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले भेट गरेका छन् ।
भेटपछि नेता काफ्लेले पूर्वाग्रह नराखी निश्पक्ष छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताए । रविले पनि निष्पक्ष छानबिनमा सघाउन तयार रहेको तर हालसम्म प्रहरीले बयान समेत नलिएको बताएको उनले जानकारी दिए ।
यसअघि कांग्रेस नेता तथा छायाँ सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले पनि लामिछानेलाई हिरासतमै पुगेर भेटेका थिए ।