Logo

यू–१९ क्रिकेट टोलीको घोषणा



काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली यु-१९ टोलीको घोषणा भएको छ । टोलीमा नयाँ र अनुभवी गरी १५ जना परेका छन् । भदौ १९ देखि २९ गतेसम्म आयोजना हुने उक्त खेलका लागि प्रशिक्षक विनोद दास र रोहितकुमार पौडेलको कप्तानीमा खेलाडी टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीका खेलाडीहरुमा कप्तान रोहित, रित गौतम, पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरिबहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामाङ, लोकेश बम र प्रतिस जिसी रहेका छन् । ब्याटिङ कन्सल्टेन्टमा अपुर्भ देसाई, ब्यवस्थापकमा राजु खड्का, फिजियामो बिक्रम न्यौपाने र फिटनेस ट्रेनरमा सुबास पात्रो छन् । नेपाली क्रिकेट टोली ७ भदौमा श्रीलंका प्रस्थान गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । त्यस्तै नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । भदौं २० गते नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ भने भदौ २२ गते समूह चरणको दोस्रो खेल बंगलादेशसँग र अर्को खेल भदौ २४ गते युईसँग खेल्ने भएको छ । समूहका शीर्ष दुई टोली राउन्ड रोविन लिगपछि सेमिफाइनल पुग्नेछन् । नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्