काठमाडौं, ६ भदौ । बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ नारासहित ‘बजाज भविष्यवाणी’ सार्वजनिक गरेको छ ।
दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकलाई मोटरसाइकल किन्नु भन्दा अगाडि र किने पछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
भविष्यवाणी क्याम्पेन अन्र्तगत ग्राहकले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्नेछन् र जसमार्फत एक लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्ने जनाइएको छ ।
बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमा एक लाखसम्मको नगद छुट पाउने उल्लेख छ ।
यस योजना अन्तर्गत ग्राहकले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गर्दा किन्नु अगाडी र किन्नु पछाडि पनि एक लाख रुपैयाँको स्क्रयाच कार्ड पाउन सक्ने कम्पनीको दाबी छ ।