Logo

कुमारी बैंक र ओम समाज डेन्टल हस्पिटलबीच सम्झौता



काठमाडौं, ६ भदौ । कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबिच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र हस्पिटलका अध्यक्ष तथा बरिष्ठ दन्तरोग विशेषज्ञ सुवास घिमिरेले उक्त सम्झौतामा हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त सम्झौताअनुसार हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने जनाइएको छ । बैंकले एक सय तीन शाखा, ९२ एटिएम, तीन शाखारहित ईकाई तथा तीन एक्सटेनसन काउन्टरबाट सेवा दिदै आएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्