Logo

डिप्रोक्स लघुवित्तको समिक्षा बैठक



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रम तथा बजेटलाई अझ बढि प्रभावकारी ढंगले कार्यान्वयन गरी सबै परिसूचकमा सत प्रतिशत लक्ष्य प्राप्ति गर्ने उद्देश्यले एक दिने समिक्षा गोष्ठिको सम्पन्न गरेको छ ।

कार्यक्रममा सातै प्रदेशका अनुगमन अधिकृत, बिभागीय प्रमुख, नायब कार्यकारी प्रमुख र कार्यकारी प्रमुख संस्थाका संचालक, समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा सहभागी अनुगमन अधिकृतले आ–आफनो प्रदेश/इलाकाको र बिभागीय प्रमुखले बिभागसंग सम्बन्धित लक्ष्य प्रगति र भावी रणनीतिका वारेमा प्रस्तुति दिएका छन भने नायब कार्यकारी प्रमुखले संस्थाको एसडब्लुओटी एनालाइसिस् सहितको प्रस्तुतिकरण दिएको जनाइएकोे छ ।

कार्यकारी प्रमुख अमराज खडकाबाट संस्थाले विगत दुई वर्षमा गरेको प्रगतिको वारेमा प्रकास पार्दै समकक्षी लघुवित्त संस्थाहरुको टे«न्ड एनलाइसिस तथा संचालकले कार्यक्रमलाई थप बिस्तार र बलियो बनाउन सुझाव प्रस्तुत गरेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्