काठमाडौं, ९ भदौ । नेपाल बङलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो थप ६ शाखा संचालनमा ल्याएको छ । बैंकले ललितपुरको सानेपा, काठमाण्डौँको टोखा र तिलगंगा , भक्तपुरको च्यामासिङ , दाङको तुल्सीपुर र सिन्धुपाल्चोकको तातोपानी तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैँकले सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । उक्त शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ । बैंकले ९४ शाखा, सात एक्सटेन्सन काउन्टर, तथा ७८ एटिएम मार्फत सेवा दिदै आएको जनाएको छ ।