Logo

‘भिडियो कन्फरेन्स’ कति सुरक्षित ?



काठमाडौं १० भदौ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदको बैठक गरेका छन् । ओली स्वास्थ्यउपचारमा जानु एक दिन पहिला भदौ ४ गते बसेको मन्त्रिपरिषद बैठकले बैठक सञ्चालन कार्यविधि संशोधन गरी जहाँबाट पनि बैठक गर्न सक्ने प्रावधान राखिएको हो ।

सोही संशोधित कार्यविधि र प्रविधि प्रयोग गर्दै ओलीले भर्चुअल माध्यमबाट मन्त्रिपरिषद बैठक आयोजना गरेका छन् ।

आइटी सेक्युरिटीका क्षेत्रमा काम गरिरहेका विजय लिम्बु भिडियो कन्फरेन्समार्फत बैठक गर्दा सूचना चुहावटका हिसाबले जोखिमपूर्ण हुने बताउँछन् । ‘भिडियो कन्फरेन्समार्फत बैठकहरु गर्दा कसैले चाहेमा बीचमै चुहिन र दुरुपयोग हुन सक्ने सम्भावना हुन्छ,’ लिम्बुले भने । भिडियो कन्फरेन्सका लागि प्रयोग गरिएको नेटवर्कले पनि यो कति सुरक्षित छ भन्ने कुरा तय हुने लिम्बु बताउँछन् । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्