Logo

“लिलिबिली” का निर्माता थप २ दिन हिरासतमा



काठमाडौं । जिल्ला अदालत, काठमाण्डौंले चलचित्र “लिलिबिली”का निर्माता गोविन्द शाहीलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले प्रहरीलाई यसअघि पनि २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

महानगरीय अपराध महाशाखा, टेकुले निर्माता गोविन्द शाहीलाई ४ भदौंमा कमलपोखरीबाट पक्राउ गरेको थियो । अपराधिक विश्वासघात सम्बन्धी कसूर गरेको अभियोगमा निर्माता शाहीलाई पक्राउ गरिएको थियो ।

चलचित्र “लिलिबिली”का निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्काले चलचित्रबाट आएको शेयर लुकाएको भन्दै उजुरी दिएका थिए । उनलाई करिब ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ लुकाएको आरोप छ । निर्माता शाही अहिलेका चर्चित वितरक हुन् । तर, उनी विभिन्न समयमा विभिन्न विवादमा पर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्