उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावती कँग्रेस नेता राहुल गान्धीप्रति आक्रोशित भएकी छिन् । श्रीनगरमा पुग्ने राहुलको कदमप्रति उनले आक्रोश पोखेकी हुन् ।
भारत मा धारा ३७० खारेज भए पछि १२ सदस्यीय विपक्षी प्रतिनिधिमण्डललाई श्रीनगर एयरपोर्टबाट फिर्ता पठाइएको थियो । यसप्रति मायावतीले समर्थन देखाइन् । बहुजन समाजवादी पार्टीकी अध्यक्ष मायावतीले उक्त यात्राको लागि नेताहरूलाई कडा शब्दमा भनिन्, ”यसले भाजपालाई केवल राजनीति गर्ने अवसर दिएको छ।” काश्मिरमा सामान्य अवस्था हुन समय लाग्ने छ र राहुल गान्धीको नेतृत्वमा विपक्षी नेताहरूको प्रतिनिधिमण्डलले श्रीनगर जानु अघि यसबारे सोच्नु पर्ने थियो भनिन्।
“भीमराव अम्बेडकर जहिले पनि राष्ट्रलाई एकतामा पार्ने पक्षमा थिए भन्ने कुरा थाहा छ र त्यसैले उहाँ कहिले पनि जम्मू कश्मीरमा धारा ३७० को पक्षमा हुनुहुन्नथ्यो.” उनले भनिन्,”यस्तो अवस्थामा काश्मिर जाने कांग्रेस नेताहरूको प्रतिनिधिमण्डल भनेको बीजेपी केन्द्रीय सरकार र जम्मू कश्मीरका गभर्नरलाई यस मुद्दामा राजनीति गर्ने मौका दिने जस्ता कुरा हो।”
राहुल गान्धी र विपक्षी नेताहरूलाई शनिबार श्रीनगर एयरपोर्टबाट फिर्ता पठाइएको थियो। नेताहरूले उनीहरूको प्रवेशलाई इन्कार गरेकोमा सरकारको आलोचना गरे ।-एजेन्सी, Photo Source: dnaindia