Logo

नक्कली नेपाली चलचित्र युट्युबमा



काठमाडौ । युट्युबमा सक्कली नामभित्र नक्कली फिल्म राख्ने प्रवृत्ति बढेको छ । पछिल्लो समय एउटा नाम राखेर अर्को चलचित्र अपलोड गर्ने प्रवृत्ति डिजिटल स्लेटफर्म युट्युबमा भईरहेको छ । आजभोली युट्युब एकाउन्टमा नक्कली च्यानल बनाएर सम्बन्धित व्यानरको लोगो र पोस्टर राखी नक्कली चलचित्र अपलोड गर्ने गरेको पाइएको छ ।

कुनै पनि नाम चलेको चलचित्र बजारमा आएको हुदैन तर युट्युबमा आधिकारीक रुपमा आएको पनि छैन तर फिल्मका कलाकारको नाम राखेर पूरा फिल्म भन्दै युट्युबमा अकै चलचित्र भेटिने आजको गोरखापत्रले छापेको छ । नाम चलेका चलचित्रहरु प्रेम गीत तीन, ए मेरो हजुर तीन को पोस्टर र निर्माण समुहको नाम राखेर भिडियो अपलोड गरिएको छ । जेठ तीनमा प्रदर्शन भई ५१ औं दिन मनाउन सफल फिल्म जात्रैजात्रा अहिलेसम्म युट्युबमा आएको छैन तर जात्रैजात्रा फुल मुभी भन्दै सुरज अफिसियल नामक युट्युब च्यानलबाट जात्रैजात्रा कलाकारहरुको नाम उल्लेख गर्दै अर्को फिल्म अपलोड भएको छ । युट्युबमा चलचित्र राख्ने परिपाटी नै बन्द गर्नुपर्ने बताउँछन् चलचित्र निर्माता संघका अध्यक्ष । यस्तो परिपाटीले नि ः शुल्क जस्तै चलचित्र उपलब्ध गराउँदा यसले फिल्म निर्माणको महत्व नै कम हुन जाने संकेत देखिन्छ ।

एक फिल्मको नाममा अर्को फिल्म अपलोड गर्ने परिपाटीले नेपाली चलचित्र हेर्ने विदेशका दर्शक पनि भड्किने र यसले वास्तविक फिल्म युट्युबमा आउँदा दर्शकले विश्वास नगर्ने हुँदा फिल्म बजारलाई हुने घाटा त एकातिर छ भने फिल्म प्रति भएको दर्शकहरुको विश्वास पनि घट्दै जाने हुँदा फिल्म क्षेत्रमा यसले ठूलो समस्या ल्याउने आकलन गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्