Logo

दुलही बनाएर चीनतर्फ ‘तस्करी’



काठमाडौं १४ भदौ । ‘बिबिरानी’ भनिने रिना तामाङर्ला देख्नेहरुले चिनियाँ ठान्छन् । चिनियाँ भाषा राम्रै बोल्छिन् । सिन्धुपाल्चोक, हेलम्बु–की म्यारिज ब्युरोमार्फत चिनीयाँ नागरिकसँग बिहे गरेकी थिइन् । तर पछिको मृत्यु भयो ।

त्यसपछि उनी नेपाल–चीन बरोबर आउजाउ गरिरन्थिन् । यीनै बिबिरानीलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यरोले गत बुधबार पक्राउ गर्‍यो ।

आरोप छ–उनले म्यारिज ब्युरोको नाममा नेपाली गाउँले चेलीलाई चिनीयाँ नागरिकसँग बिहे गराउने धन्दा चलाएको ।

पक्राउ पर्नेमा रोज तामाङ र अन्य चार नेपाली एजेन्ट पनि छन् । दुर्गगका चेलीलाई आर्थिक प्रलोभनमा पारी चिनीयाँसँग बिहे गराएर पठाउन एजेन्टहरु सक्रिय देखिएका छन् ।

यसलाई मानव तस्करीकै नयाँ स्वरुप मानेको प्रहरीले गत बुधबार मात्र ४ चिनीयाँसहित ६ नेपालीलाई पक्राउ गरेको हो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्