काठमाडौं, १४ भदौ । स्पेनिश ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । ओसासुनासँग शनिबार राति भएको खेलमा बार्सिलोना २-२ को बराबरीमा रोकिएको हो । स्टार खेलाडी लियोनल मेस्सी, लुईस स्वारेजबिना मैदान उत्रिएको बार्सिलोनाले सुरुवाती खेलको ७ मिनेटमै गोल खाएको थियो । ओसासुनका लागि पहिलो गोल जर्सी नम्बर १० का टोरेसले गरेका थिए ।
दोस्रो हाफमा मैदान छिरेका बार्सिलोनाका १६ वर्षे फरवार्ड अंशु फाटीले ५१ औं मिनेटमा टिमलाई बराबरीमा फर्काएका थिए । फाटी ला लिगामा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बने । फाटीको यो दोस्रो एपिरियन्स हो । यसअघि उनले गत आईतबार बार्साको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा सिनियरतर्फबाट डेब्यु गरेका थिए ।
दोस्रो हाफमा मैदान छिरेको छैटौं मिनेटमा नै फाटीले कार्लोस पेरेजको क्रसमा हेडमार्फत सुन्दर गोल गरेका थिए । बार्साको लागि अर्को गोलको लागि पनि पेरेजले आर्थुरको लागि सुन्दर पास बनाएका थिए । बार्साले लिड गरेको थियो ।
ला लिगाको शीर्ष स्थानमा एथ्लेटिको बिल्बाओ छ । तीन खेलबाट ७ अंकसहित बिल्बाओ शीर्ष स्थानमा छ । समान तीन खेल खेलेको सेभिल्ला भने समान ७ अंकसहित दोस्रो स्थानमा छ । बार्सिलोनाको यो सिजन खराब सुरुवात भएको छ । अंकतालिकामा बार्सिलोना अहिले ७ औं स्थानमा छ ।