Logo

नक्कली तमसुक बनाएर गरिबमाथि ठगी गर्ने कलवार पक्राउ



काठमाडौं १६ भदौ । ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले पक्राउ गरेको छ । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

पक्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋण दिने बहानामा ठगी गरेको समाचार आइतबार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएको थियो ।

कलवारमाथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर । ७ करोडभन्दा बढीको तमसुक गरेको आरोप छ । न्याय खोज्दै पीडित काठमाडौं आएपछि घटना बाहिरिएको थियो । पीडितले ऋण बुझाइसक्दा पनि अनावश्यक तनाव दिएको आरोप लगाएका छन् । -अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्