Logo

‘लाइडार सर्वे’ सुरु



काठमाडौं । नेपालको धरातलीय स्वरुप पत्ता लगाउन नापी विभागले ‘लाइडार सर्वे’ सुरु गरेको छ । ‘ड्रिम प्रोजेक्ट’को रुपमा लिएको उक्त योजनालाई नापी विभागले विकास निर्माणको क्षेत्रमा कोशे ढुङगा सावित हुने जनाएको छ ।

हवाई जहाज उडाएर गरिने उक्त सर्वेको तयारी अन्तिम चरणमा पुगेपनि मंसिरदेखि मात्रै जहाज उडाउने आजको गोरखापत्रमा सविता शर्माले समाचार लेखेकि छन । पहिलो चरण अन्र्तगत २० हजार वर्ग किल्लोमिटर क्षेत्रफलमा सर्वेको तयारी भइरहेको जनाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सुदुरपश्चिमबाट चितवनसम्मको तराईको भूभागमा पहिलो सर्वे गरिने छ । यसकालागि १५ महिनाको समम तोकिएको छ ।पहिलो चरणमा उक्तकार्यको लागि १५ महिना लागेपनि नेपालभरको सर्वे गर्न भने सात बर्षलाग्ने उल्लेख छ ।

अहिलेलाई नेपाल सरकारको बजेटबाट सर्वेकोे शूरवात गरिएपनि आगामी बर्षमा हुने थप सर्वे गर्न जापान सरकारसंग सहयोग मागिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीको भनाई रहको छ ।

सर्वेबाट हवाईजहाजबाट उचाईको विवरण संकलन गर्ने र उच्च प्रविधिको फोटो खिच्न सकिने छ । आवश्यक प्रविधि नेपालमा नहुँदा अन्र्तराष्ट्रिय स्तरको परामर्श सेवा प्रदायकसंग सहयोग मागिएको समाचारमा जनाइएको छ ।

सडक बनाउने कार्यकालागि योजना बनाउने क्रममा र सडक बनाउदै गर्दा स्टेपिङ, कटिङ र फिलिङ गर्ने काम त्यहि डाटाका आधारमा हुने प्रवक्ता जोशीको भनाई छ ।

अहिले विकास निमार्णका काममा प्रविधिको प्रयोग नहुँदा मन लाग्दो तरिकाले र अन्दाजको भरमा काम भईरहेको भन्दै आवश्यक प्रमाणित सुचनाको आधारमा काम अगाडी बढाउने कार्यको सूरुवात भएको उनको बुझाई रहको छ ।

त्यस्तै, नापि विभागका सुचना अधिकारी दामोदर ढकालका अनुसार नीति निमार्ण , योजना तर्जुमा र कार्यान्वयन, सम्भाव्यता अध्ययन, कित्ता नापीमा आधुनिक प्रविधिको प्रयोग, जोखिम व्यवस्थापन र विकास निमार्णमा यसको प्रयोग हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्