काठमाडौं । व्यापारिक राजमार्गका रुपमा रहेको विरगंज–पथलैया सडक खण्ड एउटा रुखका कारण विस्तार हुन सकेको छैन । उक्त सडक खण्डमा हुने सवारी चापलाइै कम गर्न विस्तार गर्न लागिएको सडकको विचमा रहेको एउटा रुख काटिन नसक्दा सडक विस्तार कार्य नै प्रभावित बनेको छ ।
मुख्य समस्याको रुपमा उक्त सडकलाई छुने कतिपय व्यक्तिको जग्गापनि भएको र रुखलाई नियम अनुसार काट्न नपाउने भएका कारण अहिले काम ठप्प छ ।२०७३ असारबाट निमार्ण शूरु गरिएको उक्त सडक दुई वर्षभित्र समपन्न गरिसक्ने लक्ष रहेपनि गत फाल्गुन देखि उक्त सडकको काम अगाडी बढ्न सकेकोे छैन ।
उक्त मार्गमा परेका रुखको कटानको लागि टाँचा लगाउने समयमा सो रुखमा टाँचा लगाउन छुटेका कारण अहिले बाधक बनेर उभिएको हो । सो रुख पर्सा बन्यजन्तु निकुञ्जको क्षेत्रअधिकारमा पर्ने भएका कारण निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत शिव नारायण शाह टाँचा लगाउन छुटेका कारण अहिले विस्तारमा बाधक बनेको बताउन्छन ।
टिम्बर कर्पाेरेसन अफ नेपालले रुखहरुको टाँचा लगाउने बेलामा उक्त रुखमा टाँचा लगाउन छुटाएको थियो । टाँचा लगायन नै छुटेपछि पर्सा राष्ट्रिय निकुञ्जले सा रुखलाई काट्न दिई रहेको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बबहरमहलबाट कार्यादेश जारी नभए सम्म उक्त रुख कटानको अनुमती दिन नमिल्ने निकुञ्जको भनाई रहदै आएको छ ।
गतवर्ष फाल्गुनमा पेट्रोलियम पाइपलाइन विछ्याउने क्रममा नौ किलोमिटर सडक खण्डको २५ मिटर क्षेत्रमा परेका रुख काटिए पनि पथलैयादेखि एक किलोमिटर दक्षिणमा रोहेको सो रुख काट्न भने नसकिएको आजको गोरखापत्रमा भउचरप्रसाद यादवले खवर छापेका छन ।