काठमाडौं । सबै भन्दा बढी सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्टले आफ्नो दैनिक उत्पादन क्षमता बढाउने भएको छ ।उद्योगले हाल दैनिक आठ सय सट सिमेन्ट उत्पादन गर्दे आएकोमा उक्त अनुपातलाई बढाएर १२ सय टन प्रतिदिन पु¥याउने भएको छ ।
उद्योगले बजारमा सिमेन्टको अत्याधिक माग, उद्योगको आर्थिक दायित्व, भविश्यमा आउन सक्ने थप आर्थिक भार तथा चुनौतीको सामना गर्न उत्पादन क्षमता बढाउन लागेको आजको गोरखापत्रमा समाचार छ ।
हाल सञ्चालन भएकै मेसिनमा नयाँ प्रविधि आरएसपी जडान गरी दैनिक आठ सय टन उत्पादन क्षमताबाट चार सय टन क्षमता बृद्विमा उद्योग लागेको जनाइएको छ ।राष्ट्रिय गौरवको रुपमा रहेको उद्योगलाई समय र प्रविधिमैत्रि रुपमा अगाडी बढाउन आवश्यक रहेको जनाउदै उद्योग प्रशासनले उद्योगलाई धरासाहि हुन नदिन उक्त कार्यको थालनी गर्न लागेको जनाएको छ ।
पहिले जडान गरिएका अन्य कुनैपनि मेसिन खोले र अन्यत्रतिर प्रतिस्थापन गर्नु नपर्ने, पूर्ण रुपले डिजिटल रुपमा सञ्चालनमा आएपछि उद्योग सञ्चालनकालागि थप विजुलिको आवश्यकता पनि नपर्ने जनाइएको छ । खपत हुँदैै आएको कोइलाको प्रयोगमा पनि कमि आउने र क्लिङकरको गुणस्तरमा समेत बृद्वि हुने विश्वास उद्योगको रहेको छ ।