Logo

राजश्व छलीमा जरीवाना र कैद सजाय घटाइयो



काठमाडौं । सरकारले संसद्मा पेश गरेको राजश्व चुहावट विधेयकमा प्रस्तावित जरिवाना र कदै सजायको व्यवस्थालाई संसद्को अर्थ समितिले घटाएको छ ।

समितिको मंगलवार बसेको बैठकले विधेयकमा दफावार छलफल गरि जरिवाना र कैद सजाय कम गरेको हो । सरकारले पेश गरेको विधेयकमा राजश्व चुहावट गर्ने व्यक्तिबाट बिगो असुल वा जफत गरी बिगोको शतप्रतिशत देखि दोब्बरसम्म जरीवाना गर्ने प्रस्ताव रहेको मा समितिले दोब्बरलाई हटाई बिगोका शतप्रतिशतसम्म राखिदा बार्गेनिङ प्वाइन्ट रहने सक्ने भन्दै त्यसलाई कम गरेको आजको आर्थिक अभियानमा विजय दमासेले खवर लेखेका छन ।

निजि क्षेत्रसंगको छलफलपछि समितिले कैद र जरीवानालाई संशोधन गरेको अर्थसमिति सभावति कृष्णप्रसाद दहालको भनाई रहको छ । उनका अनुसार विघेयक समितिबाट पारित भएको छ र अब प्रतिनिधिसभाको बैैठकमा छिटै निर्णयार्थ पेश गरिने छ ।



प्रतिक्रिया दिनुहोस्